शिव परियारको ‘मलाई म जस्तै बन्न देऊ’ गीत सार्वजनिक

डिसी नेपाल
२१ भदौ २०७५ ४:५५

काठमाडौँ । नेपाली सुगम सङ्गीतमा गजल र आधुनिक गायकको रुपमा विशिष्ट स्थान बनाइसकेका चर्चित युवा गायक शिव परियार नेपाली संगीतमा नयाँ शैलीमा प्रस्तुत भएका छन् ।

महेश आचार्यको शब्दमा शिवको आफ्नै संगीत रहेको ई डी एम् भर्सनमा बनाइएको ‘मलाई म जस्तै बन्न देऊ’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ ।‘शिवालय’ एल्बममा समावेश यस गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका हुन् भने रविन दर्शनधारीले मिक्सिंग गरेका हुन्।

शिव परियारको सधैँ जसो बजारमा आएको गीत भन्दा फरक शैलीमा निकालिएको यस गीतमा अहिलेको युवा वर्गलाई लक्षित पारेर निकालिएको गायक परियारले बताए ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र चलचित्र ‘कथा काठमाण्डू’की निर्देशक सञ्चारकर्मी संगीता श्रेष्ठले भिडियोलाई निर्देशन गरेकी हुन् । लुजा सिंहले खिचेको यो भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन । गीतमा मुख्य अभिनयमा नव कलाकार कृतिका काफ्लेको रहेको छ। भिडियोमा सुजु पाण्डेको शृङ्गार रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *