निशा कंडेलले ल्याईन् ‘नेपाली छोरी’

डिसी नेपाल
२४ भदौ २०७५ ७:०९

काठमाडौँ । गायिका निशा कँडेलले आफ्नो दोस्रो गीत स्रोता तथा दर्शकसामु ल्याएकी छिन् । केही समय अगाडि ‘सधैँ लाई’ बोलको गीत ल्याएकी निशाको दोश्रो गीत ‘नेपाली छोरी’ सार्वजनिक गरिएको हो ।

पहिलो गीतबाट राम्रो प्रतिक्रिया पाएकी गायिका निशाले ‘नेपाली छोरी’ बोलको गीतलाई पनि दर्शक स्रोताले मन पराउने विश्वास व्यक्त गरिन् ।

राहुल प्रधानको सङ्गीत रहेको गीतको शब्द सन्जिब भट्टराईले लेखेका हुन् । गीतको भिडियोको निर्देशक नितिन चन्द हुन भने भिडियोलाई सुरेश नेपालले छायाँङ्कन तथा दिपेन बस्न्यातले सम्पादन गरेका छन् ।

प्रमोद भण्डारीले कोरियोग्राफी गरेको भिडियोमा राष्ट्रियता झल्काउन खोजिएको छ । गीतमा एउटी युवतीले आफूलाई नेपाल र नेपाली संस्कृति मन पर्ने बताइरहेकी छिन । भिडियोमा गायिका कँडेलले नै अभिनय गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *