अबको प्रधानन्यायाधीश हुन मिश्र रोकिएलान् ? संसदीय सुनुवाइ भोलि !
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसँग सोमबार संसदीय सुनुवाइ हुने भएको छ। सङ्घीय संसद्मातहतको संसदीय सुनुवाइ समितिमा उनीविरुद्ध परेका उजुरी र भावी कार्ययोजनाबारे सुनवाइ हुन लागेको हो।
समितिको आजको बैठकले प्रस्तावित मिश्र विरुद्ध परेका सिकायत बारेमा उजुरीकर्तासँग सोधपुछ गरेपछि प्रस्तावित प्रधान्यायाधीशलाई सोमबार बिहान सुनुवाइका लागि बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए।
प्रस्तावित प्रधानन्यायाधीशका विषयमा चार उजुरी परेकोमा एक जनाले उजुरी फिर्ता लिएका थिए भने तीन जनासँग समितिले आवश्यक सोधपुछ गरी प्रष्ट हुने प्रयास गरेको थियो।
यसअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम संसदीय सुनुवाइका लागि सिफारिस गरेकोमा समितिले उनको नाम अस्वीकार गरेको थियो। जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशका रूपमा रहेका मिश्रको नाम संसदीय सुनुवाइका लागि पठाएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment