रिसाएकी एलिसालाई फकाउँन पुष्पलको यस्तो कसरत(भिडियोसहित)

डिसी नेपाल
२६ भदौ २०७५ ४:५६

काठमाडौँ । गायक बसन्त नाछिरिङ राईको ‘तिमी म सँग किन रिसाउँछौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विशुद्ध माया प्रेमलाई समेटेर बनाइएको यस गीतमा शब्द, रचना र संगित समेत बसन्त स्वयंको रहेको छ । निर्देशक युगल पोमोको निर्देशनमा तयार भएको यो भिडियोमा नायक पुष्पल खड्का र एलिसा राईले उत्कृष्ट अभिनय गरेका छन् ।

यस भिडियोमा उत्सव दाहालको छाँयाङ्कन, निशान घिमिरेको सम्पादन, तेन्जु योन्जनको कोरियोग्राफी रहेको छ भने टेकेन्द्र याक्सोले एरेन्ज गरेका छन् ।

तेह्रथुमे ढाका बुटिकले एलिसाको लागि र हिम बुटिकले पुष्पलको लागि ड्रेस डिजाईन गरेको यस भिडियोमा लोकेश थापाको श्रृंगार रहेको छ ।




प्रतिक्रिया

One thought on “रिसाएकी एलिसालाई फकाउँन पुष्पलको यस्तो कसरत(भिडियोसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *