निमा रुम्बा र यशकुमार अभिनित चलचित्र ‘छिरिङ’को ट्रेलर हेर्नुस्

डिसी नेपाल
२६ भदौ २०७५ ६:२०

काठमाडौँ। निमा रुम्बा र यशकुमार स्टारर चलचित्र ‘छिरिङ’को ट्रेलर रिलिज गरिएको छ।

ट्रेलरमा हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप र परिवेशलाई चित्रण गरिएको छ । खासगरि, लोमान्थाङ क्षेत्रमा व्याप्त बहुपतिप्रथालाई फिल्मले पेश गर्न खोजेको छ । कागबेनी रिलिजको दशक बढी समयपछि गायक समेत रहेका निमा रुम्बाको कमब्याक भएको हो । पार्श्वगायन एवं अभिनेता समेत रहेका यशकुमार यही चलचित्रबाट निर्देशनमा सक्रिय भएका छन् । कामना भुजेलले अभिनयमा डेब्यु गरेकी छन् ।

दुई पति भएकी युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध चलचित्रको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको चलचित्रले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायाङ्कन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । चलचित्र आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *