प्रिती आलेको नयाँ गीतमा देखिइन् सोनिका रोकाया

डिसी नेपाल
३० भदौ २०७५ ५:५४

काठमाडौँ । दोहोरी ब्याटलबाट चर्चामा आएकी गायिका प्रिती आले मगर र गायक म्याक्स नेपालको आवाजमा रहेको नयाँ लोक पप गीत सार्वजनिक भएको छ । शुक्रबार म्युजिक नेपालको युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।

‘ऐया बरी लै’बोलको गीतको भिडियोमा युवा माझमा निकै लोकप्रिय मानिएकी मोडल तथा भिजे सोनिका रोकायाको फरक खालको प्रस्तुति रहेको छ । उनीसँगै यस भिडियोमा म्याक्स नेपालले पनि अभिनय तथा नृत्य गरेका छन् ।

गीतमा मधु सुदन डाँगीको शब्द तथा हरि थापाको संगीत रहेको छ भने सुदिप सागरले एरेन्ज गरेका छन् । किरण चौसिरको छायाँङ्कन र मनोज कार्किको सम्पादन रहेको यस भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *