सङ्घीयतामाथि नै प्रहार हुन थालिसक्यो, विरोधिले टाउको उठाउन खोजे : मन्त्री पुन

डिसी नेपाल
३० भदौ २०७५ १५:४५

रोल्पा । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विभिन्न बहानामा सङ्घीयता विरोधीले टाउको उठाउन खोजेको आरोप लगाएका छन् ।

जिल्ला समन्वय समिति रोल्पाले आज लिवाङमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री पुनले सङ्घर्षपूर्ण बलिदानीबाट प्राप्त भएको सङ्घीयतामाथि नै प्रहार हुने गरी गतिविधि भइरहेको बताए।

सङ्घीयताको मर्मअनुसार काम गरे मात्रै जनताको मन जित्न सकिने बताउँदै उनले सङ्घीयता नचाहने समूहले सङ्घीयताको बदनाम गर्न लागेकाले त्यसप्रति सबै सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तिमगर, प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसी, राष्ट्रियसभाका सांसद मीना बुढामगर, प्रदेश सांसद दीपेन्द्र पुनमगर लगायतले जनताको आवश्यकताका आधारमा सरकारको सरकारले गतिविधि बढाउनुपर्ने बताएका थिए।

कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहले अघिल्लो आर्थिक वर्षमा सम्पादन गरेका कार्यक्रम र बजेट प्रस्तुतीकरण गरेका थिए । रोल्पामा एक नगरपालिका र नौ गाउँपालिकासहित १० वटा स्थानीय तह रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *