विप्लवले अछाममा १८ सय युवालाई तालिम दिए, प्रधानमन्त्रीलाई झट्का
काठमाडौं । भूमिगत गतिविधि सञ्चालन गरिरहेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशका विभिन्न ठाँउमा सैन्य अभ्यास गरिरहेको खुलासा भएको छ ।
सरकारले चुनौति ठानेको विप्लव नेतृत्वले आफ्ना गतिविधि तिव्र पारेपछि उसमाथि सरकार पछिल्लो समय खनिएको हो । अछाममा विप्लवका एक हजार आठ सय कार्यकर्तालाई हालै तालिम दिइएको सूचना पाएपछि गृहमन्त्री रामबहादुर थापा बादल, नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड पाएपछि विप्लव नेकपामाथि दबाब बढाउँने रणनीतिमा सरकारले लागेको हो ।
काभ्रेपलाञ्चोकमा पनि हतियारसहित विप्लवको एक टुकडीले दिउँसै परेड गर्दै गरेको भेटिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । समग्रमा विप्लवका क्रियाकलाप देशमा हिंसा मच्चाउँने खालका देखिएकाले सरकार उक्त पार्टी माथि आगामी दिनमा झन् आक्रामक बन्ने बताइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment