‘अरिंगाल आदेश’ प्रेसमाथि लागू नगर्न प्रवक्ता शर्माकाे सुझाव

डिसी नेपाल
३ असोज २०७५ १५:१५

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपालार्इ ‘प्रेसमाथि अरिंगाल’ नबन्न सुझाव दिएका छन्।

नयाँ पाइला मिडिया प्रा लिद्वारा बुधबारबाट औपचारिक रूपमा संचालनमा आएको नयाँ पाइला डटकमको शुभारम्भ कार्यक्रममा प्रवक्ता शर्माले प्रेसमाथि अरिंगाल नबन्न सरकारलार्इ सुझाव दिएका हुन् ।

नयाँ पाइला डटकमको शुभारम्भ समारोहमा कांग्रेस प्रवक्ता शर्माले भने, ‘नेकपाको पार्टी नेतृत्वबाट अरिंगाल बन्न सम्पूर्ण नेता(कार्यकर्तालार्इ अरिंगाल बन्न आदेश छ तर, प्रेस यसबाट डराउनु हुन्न, स्वतन्त्र हुनुपर्छ। त्यसमाथि अरिंगाल नबन्नुहोला।’

उनले मुलुकी फौजदारी संहिता नेपाली कांग्रेसको नेतृत्वमा बनेपनि अहिलेको सरकारले संशोधन गर्नुपर्ने सुझाव दिए। प्रेसलार्इ कुण्ठित गरेर लोकतन्त्र संस्थागत हुन नसक्ने बताउँदै पार्टीको नेतृत्वको ‘अरिंगाल आदेश’ प्रेसमाथि लागू नगर्न सुझाव पनि दिए ।

त्यसैगरी, शुभारम्भ कार्यक्रममा नेकपाका नेता योगेश भट्टरार्इले नेपाली कांग्रेस लामो समय सत्तामा बसेकाले त्यसैको नशामा च्यापिएको टिप्पणी गरे। सत्ता नशामा डुबेकाले कांग्रेसको उक्त नसालार्इ ‘एक्टिभ’ गर्न अरिंगालले टोक्नुपर्ने व्यङ्ग्यात्मक प्रतिक्रिया दिए।

‘नेपाली प्रेसको भविष्य उज्जवल छ, सरकार प्रेसका विषयमा खुला हृदयले स्वतन्त्रपूर्वक व्यवसायिकतामा लाग्न आवश्यक ठानेको छ ’ उनले भने ।

सिमित मापदणडमा रहेर लोकतान्त्रिक देशमा पनि प्रेस कुण्ठित भएको प्रसंग उल्लेख गर्दै नेता भट्टरार्इले भने, ‘प्रेसको ट्याग झुण्ड्याउँदैमा पत्रकार नहुने भएकाले वास्तविक पत्रकार र नकारात्मक काम गर्ने पत्रकारलार्इ एउटै दर्जामा राखेर हेर्न नमिल्ने बताए। त्यसको पहरेदारीमा लाग्न पनि उनले आम संचारमाध्यमलार्इ आग्रह गरे।

वर्तमान सरकार प्रेस स्वतन्त्रताको आवाज उठाएको बताउँदै आएकाले नेपालको संविधानको धारा ५१ मा आमसञ्चारलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन आवश्यक पहल गर्दै अघि बढेको स्मरण गराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *