‘छक्का पञ्जा ३’ ट्रेलरः छुटेन कमेडी, अटाईनन् प्रियंका

डिसी नेपाल
६ असोज २०७५ ४:२८

काठमाडौं। चलचित्र ‘छक्का पञ्जा ३’को ट्रेलर सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलर कमेडी संवादले भरिपूर्ण छ । चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु दिपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), निर शाह, लक्ष्मी गिरी, बुद्धि तामाङ,विल्सन विक्रम राई, शिवहरी पौडेल, किरण केसी लगायतलाई देखाईएको छ ।

सार्वजनिक ट्रेलर नायिका प्रियंका कार्की भने अटेकी छैनन् । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्रले ट्रेलर रिलिज गर्दै चलचित्र प्रदर्शन मिति समेत तोकेको छ । चलचित्रले आजसम्म रिलिज मिति तोक्न सकेको थिएन । अव यो चलचित्र असोज २४ गते घटस्थापनाको दिन रिलिज हुनेछ ।

चलचित्रमा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका रहेको बताईएको छ भने अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता संजोग कोइराला गेस्ट रोलमा छन् । अभिनेत्री बर्षा राउत ‘पहिलो नम्बरमा’ गीतमा मात्र छिन् । चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको छ । चलचित्रको कथा दीपक आफैंले लेखेका हुन् । चलचित्रमा दीपक, जितु, केदार र यम श्रेष्ठको डाइलग रहेको छ ।

चलचित्रका गीतमा अर्जुन पोखरेल र दीपक शर्माले संगीत भरेका छन् ।

कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको द्धन्द्ध, विपिन मल्लको सम्पादन रहेको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन ।

हेर्नुहोस् चलचित्रको ट्रेलर




प्रतिक्रिया

One thought on “‘छक्का पञ्जा ३’ ट्रेलरः छुटेन कमेडी, अटाईनन् प्रियंका

Leave a Reply

Your email address will not be published. Required fields are marked *