चलचित्र ‘छिरिङ’को ‘ए कान्छा मलाई’ सार्वजनिक

डिसी नेपाल
८ असोज २०७५ ७:०९

काठमाडौँ। निमा रुम्बा र यशकुमार स्टारर फिल्म ‘छिरिङ’को नयाँ गीत सार्वजनिक भएको छ । यश कुमार र सुनिता थेगिमको स्वरमा चलचित्रको ‘ए कान्छा मलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो। गीतमा वास्तविक स्वर अरुणा लामा र रुद्र गुरुङको रहेको छ।

कागबेनी रिलिजको दशक बढी समयपछि गायक समेत रहेका निमा रुम्बाको कमब्याक भएको हो । पार्श्वगायन एवं अभिनेता समेत रहेका यशकुमार यही फिल्मबाट निर्देशनमा सक्रिय भएका छन् । कामना भुजेलले अभिनयमा डेब्यु गरेकी छन् ।

दुई पति भएकी युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्ममा मानकृष्ण महर्जनको छायाङ्कन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । फिल्म आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *