प्रदीप र जसिताको ‘लभ स्टेशन’ को शुभमुहुर्त (भिडियोसहित)

डिसी नेपाल
८ असोज २०७५ १०:२९

काठमाडौँ। अभिनेता प्रदीप खड्का र नायिका जसिता गुरुङको जोडी रहने सिनेमा ‘लभ स्टेशन’को शुभमुहुर्त गरिएको छ। सिनेमाको सोमबार बिहान पशुपति मन्दिरमा सिनेमाको शुभमुहुर्त गरिएको हो। सिनेमाको छायाङ्कन भने शुक्रबारबाट भारतको दार्जिलिङबाट हुनेछ। यसको लागि सिनेमाको सुटिङ युनिट भोलि त्यसतर्फ प्रस्थान गर्दै छन् भने नायक नायिका पर्सि मात्रै जाने भएको निर्माता गोविन्द शाहीले जनाएका छन्।

उज्वल घिमिरेले निर्देशन गर्ने सिनेमा लव स्टेशनको सम्पूर्ण छायाङ्कन भारतको दार्जिलिङ, कालिङपोङ, सिक्किम, लगायत नेपालको पूर्वी भेगका इलाम फिक्कल हुनेछ। ५० दिनको छाँयाङ्कन तालिका रहेको सिनेमामा प्रदीप र जसितासँगै मिस सिलगुडी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाललगायतका कलाकारहरूको अभिनय रहनेछ।

यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतको सिनेमा भन्दा केही पृथक लभ स्टेशन बन्ने पनि प्रदीपले बताए। लिलिविलीमा प्रदीप खड्का र जसिता गुरुङ संगको जोडीलाई अत्याधिक रुचाएका थिए। आफ्नो जोडी र सिनेमाको कथाले गर्दा आफू उत्साहित रहेको प्रदीपले बताए।

आलोक शुक्लाको छायाँकङ्न रहने लभ स्टेशनमा शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको सङ्गीत रहने छ। दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्। लभ स्टेशनलाई काफिया फिल्म्स्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गर्न लागेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *