यी हुन यो सिजनको पहिलो करोडपति (भिडियो सहित)

डिसी नेपाल
१० असोज २०७५ १६:१०

नयाँदिल्ली । भारतीय टेलिभजनबाट प्रशारण हुने कौन बनेगा करोडपतिमा यो सिजनको पहिलो करोडपति भेटिएकी छन् । कार्यत्रमले आफ्नो इन्स्टाग्राम अकाउण्टमा एक भिडियो सार्वजनिक गर्दै यसको घोषणा गरेको हो।

यो सिजनको पहिलो करोडपति एक महिला हुन्। उनको नाम विनिता जैन हो । जैन भारतको असम राज्यको गुहाटीकी हुन्।

भिडियोमा विनितालाई एक करोडको प्रश्नमा सही जवाफ दिएको देखाइएको छ । तर उनले सात करोडको प्रश्नको सही जवाफ दिइन् वा दिइन् यो भने सस्पेन्समा राखिएको छ ।

च्यानले यो भिडियो सार्वजनिक गर्दै भनेको छ, ‘ज्ञानको यो दशौं अध्यायमा हामीलाई पहिलो करोडपति भेटिएकी छन्, के उनी अरु पनि जित्न सक्छिन् ? हेर्नुहोस केबीसीको यो एपिसोड २ अक्टुबर राती ९ बजे अभिताभ बच्चको साथमा।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *