रेखा थापाको चलचित्र ‘मालिका’को ट्रेलर रिलिज (भिडियो)

डिसी नेपाल
१२ असोज २०७५ ७:३७

काठमाडौँ। अभिनेत्री रेखा थापाको निर्माण, निर्देशन र अभिनय रहेको चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक भएको छ ।

आउँदो कार्तिक १६ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘मालिका’को ट्रेलर बूढा सुब्बाको युट्युब च्यानल मार्फत आज सार्वजनिक गरिएको हो ।

रेखा फिल्म्सको ब्यानरमा बनेको चलचित्रलाई रेखा थापाकै आमा सरस्वती थापाले निर्माण गर्दैछिन्। शिवम अधिकारीको लेखन रहेको यस चलचित्रमा रामशरण उप्रेतीको छायाङ्कन र सुरेश अधिकारीको सङ्गीत रहेको छ ।

नरबहादुर कार्कीको कार्यकारी निर्माण रहेको चलचित्रमा बालविवाह र महिला हिंसाको कुरालाई उठान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *