चितवनको रत्ननगरमा नगर स्तरीय फुटवल प्रतियोगिता शनिवारदेखि सुरु

डिसी नेपाल
१३ असोज २०७५ १३:३१

चितवन, रत्ननगर । चितवनको रत्ननगरमा नगर स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ। विजया दशमीको अवसर पारेर रत्ननगर ९ मा नगर स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिता शनिवारदेखि सुरु भएको हो।

भेडी टोल विकास संस्थाले आयोजना गरेको सो प्रतियोगिताको एक कार्यक्रमका बीच नगरपालिकाका खेलकुल विकास समितिका संयोजक केशव आचार्य र वडा अध्यक्ष रोशन आचार्यले सयुक्त रुपमा उद्घाटन गरेका थिए।

प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ। शनिवार भएको उद्घाटन खेल वडा नं ९ को बुद्ध युथ क्लव र वडा नं ७ को इको प्याराडाइज युवा क्लव बीच प्रतिस्पर्धा भएको टोल विकास संस्थाका अध्यक्ष लेखबहादुर तामाङले जानकारी दिए।

उद्घाटन कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष विनोद बस्नेत,नगरपालिकाकी प्रबक्ता सरस्वती लामा,वडा सदस्य कमानसिं चौधरी,सरस्वती आमा समुहकी अध्यक्ष इशारा तामाङ लगायतले मन्तव्य राखेका थिए। प्रतियोगिताको लागि वडा नं ९ वडा कार्यालय, समाजसेवी सनम महतलगायतले आर्थिक सहयोग गरेका छन।

रत्ननगरका दुई वडामा घेदुङको समिति

रत्ननगर । नेपाल तामाङ घेदुङले रत्ननगर नगरपालिका वडा नं ६ र ७ मा वडा स्तरीय समिति गठन गरेको छ। वडा नं ६ मा चन्द्रमान तामाङको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो। ९ सदस्यीय समितिको उपाध्यक्ष सोममाया तामाङ, जानुका तामाङ, सचिव निरुमाया तामाङ, कोषाध्यष्क्ष विष्णु लामा र सदस्यहरुमा विमला तामाङ, लक्ष्मी तामाङ, अनिता तामाङ, पञ्चमाया तामाङ चयन भएका छन्।

वडा नं ७ मा सिंह बहादुर तामाङको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो। ११ सदस्यीय समितिको उपाध्यक्षमा हर्कमान लामा, लक्ष्मी तामाङ, सचिवमा वलबहादुर तामाङ, सहसचिवमा विमल तामाङ, कोषाध्यक्षमा नुङ्मामाया तामाङ र सदस्यहरुमा भक्तिमाया तामाङ, सोममाया लामा, विपीमाया तामाङ, सोमबहादुर तामाङ, शेर बहादुर तामाङ चयन भएको घेदुङकी अगुवा सरस्वती लामाले जानकारी दिइन्।

नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष गोपीराज घलानको प्रमुख आतिथ्यता एवम् रत्ननगर नगर समितिका अध्यक्ष कृष्ण बहादुर तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव आशिक तामाङले संगठन विस्तार गर्नुको उद्देश्यका वारेमा जानकारी गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *