एक खेल बाँकी हुँदा पनि साफ यू १८ महिला च्याम्पियनसिपमा नेपाल सेमीफाइनलमा प्रवेश
काठमाडौं । नेपालले भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ।
नेपाल रहेको समूह ‘बि’ मा आइतबार बंगलादेशले पाकिस्तानलाई फराकिलो अन्तरले हराएपछि नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको हो। थिम्पुस्थित चाङलिमिथाङ मैदानमा आइतबार बंगलादेशले पाकिस्तानलाई १७–० ले हराएको हो।बंगलादेश पनि एक खेल अगावै सेमिफाइनलमा पुग्न सफल भयो।
यसअघि नेपालले पाकिस्तानलाई १२–० ले हराएको थियो। दुई खेलमा २९ गोल खाएको पाकिस्तान समूह चरणबाट बाहिरिएको छ। अब नेपालले सोमबार बंगलादेशसंग खेल्ने छ। उक्त खेलपछि समूह विजेता र उपविजेताको तय हुनेछ।
समूह ‘बि’ मा नेपाल र बंगलादेशको समान ३–३ अंक छ। गोल अन्तरमा बंगलादेश अघि रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment