पल शाहपछि अभिनेता आकाश श्रेष्ठसँग रोमान्स गदै ‘बुगी वुगी विजेता कविता नेपाली

डिसी नेपाल
१८ असोज २०७५ ४:४८

काठमाडौँ । एपीवानबाट प्रसारित नेपालकै पहिलो अन्तराष्ट्रिय डान्स रियालिटि शो ‘बुगी वुगी’की विजेता कविता नेपालीले एकपछि अर्को म्युजिक भिडियोमा व्यस्त देखिन्छिन्।

बुगी वुगी विजेता कविताको एक महिना यता मात्र २ वटा म्युजिक भिडियो रिलिज भइसकेका छन् भने केही आउने तयारीमा छन्। त्यसका लागि उनी सुटिङमा व्यस्त छिन्।

उनी अभिनीत एउटा म्युजिक भिडियोको केही दिन अघि मात्रै टिजर आउट भएको छ जसमा उनको साथमा देखिँदैछ बुगी वुगीकै सेकेन्ड रनरअप बन्न सफल सरोज मोक्तान। सरोजको भने यो डेब्यु भिडियो हो।

नेपाली सिने जगतका चर्चित अनुहारसँग उनले म्युजिक भिडियोमा रोमान्स गरेका छन्। उनको बुगी वुगी पछिको पहिलो म्युजिक भिडियोमा नायक पल शाहसँग देखिएकी थिइन् भने हालै रिलिज भएको ‘मेरो आखाँमा’ गीतको भिडियोमा नायक निराजन प्रधानसँग पेयरअप थिइन्।

त्यस्तै हालै सुटिङको क्रममा रहेको अर्को गीत ‘मिठो मिठो’मा कविता नायक आकाश श्रेष्ठसँग रोमान्स र छमछमी नाच्दै छिन्।

(हेर्नुहोस् भिडियोमा)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *