फिल्म खेल्नका लागि तयारी गर्दै ‘द भ्वाइस अफ नेपाल’बाट बाहिरिएकी अप्सरा (भिडियो कुराकानी)

डिसी नेपाल
१९ असोज २०७५ ८:२८

काठमाडौँ। अघिल्लो हप्ता गायन रियालिटी शो द भ्वाइस अफ नेपालबाट बाहिरिएकी अप्सरा घिमिरे अहिले विभिन्न मिडियाहरूमा अन्तरवार्ता दिनमा व्यस्त छिन्।

विभिन्न युट्युब च्यानलसँगको कुराकानीको क्रममा उनले आफू अर्को राउन्डको लागि सक्षम भएको र छनोट नहुँदा आक्रोश पोखेकी थिइन्। उनले आफ्नो प्रतिस्पर्धी भन्दा आफू सक्षम रहेको तर कोचले छनोट नगरेको दाबी गरेकी थिइन्। उनको यो प्रतिक्रियाको सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो।

यसैक्रममा एक अन्तरवार्तामा उनले आफू भ्वाइस द अफ नेपालको स्टेजबाट बाहिरिँदा भावनामा बगेर रोएको बताइन्। उनले यदि सनुप पौडेलको टिममा नभएर दीप श्रेष्ठको टिममा भएको भए आफू यति छिटो आउट नहुने दाबी गरेकी छिन्।

(हेर्नुस् भिडियो)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *