शुभेच्छा थापा भन्छिन्, ‘श्रीमान र छोरीले बोल्ड सिनेमाको आलोचना गर्दैनन्’ (भिडियो)

डिसी नेपाल
२० असोज २०७५ १:१४

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा शुभेच्छा थापा आलोचना धेरै खेप्ने अभिनेत्रीको रुपमा चिनिन्छिन्। उनी चलचित्र तथा कलाकारिताले भन्दा हट सिनले बढी चर्चामा आउने गर्छिन्।

शुभेच्छा थापा पछिल्ला दिनमा भने फरक पोशाकमा देखिएकी छिन्। उनले अभिनय गरेको चलचित्र ‘निर्जला’ प्रदर्शनको तयारिमा छ। शुभेच्छाका अनुसार, चलचित्र निर्जला, एउटा साधारण केटीको कथा भएको नारीप्रधान चलचित्र हो।

जसमा उनी पहिले भन्दा निकै भिन्न भूमिका तथा गेटअपमा देखिएकी छिन्। आफूले शरीर देखाउने, यौनको वरिपरि रहेका चलचित्र आदिको लहर चलेको समयमा त्यस्तो गेटअप तथा सिन गरेको र अहिले पारिवारिक चलचित्र दर्शकले बढी मन पराएका कारण त्यस्तै भूमिकामा आएको उनी बताउँछिन्।

उनका अनुसार, बेड सिन दिनु र अहिले साधारण केटीको भूमिका खेल्नु सबै दर्शक तथा चलचित्र बजारको माग हो। शुभेच्छा थापा विवाह गरेर चलचित्र क्षेत्रमा आएकी अभिनेत्री हुन्।

सन्तान जन्मीसकेपछी पनि उनले ग्लामरस भूमिकामा काम गरिन्। चलचित्रमा अभिनय गरेको बोल्ड सिनले आफ्नो परिवारका सदस्यलाई आपत्ति नहुने उनी बताउँछिन्। आफूलाई स्टार हिरोइन भएको बताउने उनले अरुको आलोचनाले आफूलाई फरक नपर्ने बताएकी छिन्।

(भिडियो)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *