बिष्णु माझीको उत्कृष्ठ स्वरमा दशैं गीत ‘यो दशैंमा आऊ’ (भिडियो)

डिसी नेपाल
२० असोज २०७५ ५:१९

काठमाडौं । चाड पर्व कसलाई लाग्दैन र ? तर हिन्दुहरूको महान पर्व बडा दशैँमा घर छोडी विदेशिएकाहरूको, बिदा नपाएकाहरु जो कोही हुन् उनीहरु घर आउन नपाउँदा पक्कै मन दुख्छ।

अझ भन्नुपर्दा देश र जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू दशैंमा घर जना नपाउँदाको पीडा यही गीतमा प्रस्तुत गरिएको छ, बिष्णु माझी, बिष्णु खत्रीको आवाजमा रहेको गीत ‘यो दशैंमा आऊ’ बजारमा सार्वजनिक भएको छ।

हेर्दै जिरिङ्ग हुने दृश्यले भरिएको म्युजिक भिडियोलाई निर्देशक बिष्णु भट्टराईले निर्देशन, छायाङ्कन तथा सम्पादन गरेका छन्। राजु महोत्रा, रश्मि भट्ट, मीरा महोत्रा लगायतको उत्कृष्ट प्रस्तुति रहेको भिडियोलाई सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा छायाङ्कन गरिएको छ।

सार्वजनिक हुनासाथ दर्शकको मन मस्तिष्कमा बस्न सफल यो गीतको भिडियोले सम्पूर्ण नेपालीहरूको मन छोएको छ। सगुन शर्माको श्रीन्गार रहेको भिडियोलाई गुल्मी, बुटवल र नवलपरासीको विभिन्न स्थानमा छायाङ्कन गरिएको छ।

अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ भने स्वाभिमान क्रियशनले बजार व्यवस्थापन गरेको छ।

(भिडियो)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *