ज्योति मगर भन्छिन्, ‘छाडा गीत गाउँन छोड्दिन, बिहे त मेरो उहिल्यै राजेश हमालसँग भैसक्यो।’ (भिडियो)

डिसी नेपाल
२१ असोज २०७५ ६:३५

काठमाडौं । लोक गायिकाका नामले परिचित ज्योति मगरले आफ्नो शैलीमा छाडापन नरहेको स्पष्ट पारेकी छन्।समाजको हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा उनले जोड दिएकी छन्।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन् मा उनले यस्तो बताएकी हुन्। बिहेको सम्बन्धमा केही कुरा नसोचेको उनले बताइन्। आफूले कल्पनामा ठूला सेलिब्रेटीहरूसँग बिहे गरिसकेको उनको तर्क छ।

विशेष गरी गायिकाका रुपमा आफ्नो छवि बनाएकी मगर स्टेज कार्यक्रमहरूमा आफ्नो नृत्य पनि प्रस्तुत गर्छिन्। उनी बेलाबेला छोटा लुगा र आफ्नो बोल्ने शैलीका कारण विवादमा मुछिन्छिन्।

हट र सेक्सी हुनु उनको सोख भएको उनले बताएकी छन्। बेलाबेलामा विवादमा आउने गरेकी उनले नेपाली समाजले विस्तारै आधुनिकता बुझ्दै गएको समेत बताइन्।

(हेर्नुहोस् यो भिडियो)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *