‘विद्यालयदेखि नै असफल र गल्ती हुनु सामान्य हो भनेर सिकाइनु जरुरी छ’ : नम्रता श्रेष्ठ (भिडियो)

डिसी नेपाल
२३ असोज २०७५ ०:३३

काठमाडौं । नेपाली चलचित्र अभिनेत्री नम्रता श्रेष्ठले अभिनय गरेको चलचित्र ‘प्रसाद’ को गीत यतिबेला चर्चामा छ। नम्रता श्रेष्ठ नेपालको लोकप्रिय, क्षमतावान र सफल अभिनेत्री मध्येमा मानिन्छिन्।

जीवन सधै एकैनासको हुँदैन। यहाँ हामीले नचाहेका धेरै मोडहरु आउँछन्। नम्रताले पनि ती मोडहरु भोगीन्, तर उनले कहिल्यै हार मानिनन्। आफू यति बलियो हुनुमा उनी आफ्नो परिवारलाई श्रेय दिन्छिन्। एउटा व्यक्तिगत भिडियो बाहिर सार्वजनिक भएपछि नम्रता विवादमा तानीइन्, धेरैले उनलाई अपमान जनक शब्द प्रयोग गरे र हाँसोमा उडाए।

त्यो समयमा नम्रताका बुवाले उनलाई भनेका थिए, ‘ तिमी नेपाल बस्न चाहंदिनौ भने विदेश जाऊ। तर हामी भने तिमी यो परिस्थितिको सामना गरेर, जुधेर अगाडी बढेको हेर्न चाहन्छौं।’

यो घटना तिम्रो परिचय होइन। नम्रता विद्यालय तहदेखि नै विद्यार्थीलाई दुखी हुनु, असफल हुनु, गल्ती हुनु सामान्य हो भनेर सिकाउनु जरुरी रहेको बताउँछिन्। नम्रताका अनुसार, जीवनका विभिन्न मोडमा साथ नपाउँदा धेरै नेपाली युवाहरु डिप्रेसनमा गएका छन्। त्यसैले मानसिक स्वास्थ्य सम्बन्धि चेतना फैलाउनु जरुरी छ।

(भिडियो)




प्रतिक्रिया

One thought on “‘विद्यालयदेखि नै असफल र गल्ती हुनु सामान्य हो भनेर सिकाइनु जरुरी छ’ : नम्रता श्रेष्ठ (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *