‘क्यारेंग ग्यांग ३’ को ‘नो प्रोब्लम’ गीत रिलिज (हेर्नुहोस् भिडियो)

डिसी नेपाल
२३ असोज २०७५ ४:१०

काठमाडौँ । आजभोली नेपाली चलचित्रको सिक्वेल बन्ने क्रम बढीनै रहेको छ । यसै क्रममा चलचित्र ‘क्यारेंग ग्यांग ३’ को पनि निर्माण सकिएको छ ।

प्रदर्शनको तयारीमा रहेको चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ । गीत सार्वजनिकसंगै चलचित्रको प्रचार प्रसार पनि सुरु भएको छ । नो प्रोब्लम बोलको सार्बजनिक गीतमा स्वर संगीत सानु खतिवडाको रहेको छ भने शब्द राजु लामाको रहेको छ ।

चलचित्रलाई राजु लामाले निर्माण तथा निर्देशन गरेका हुन् । निर्देशक लामाले ‘क्यारेङ्ग ग्याङ्ग ३’ युवापुस्ताको यथार्थ कथामा निर्माण भएको बताएका छन् । जीवन पराजुलीले छायांकन गरेको चलचित्रलाई प्रदिप दाहालले सम्पादन गरेका छन् ।

चलचित्रमा अजु लामा र सानु खतिवडाको मुख्य भूमिका रहेको छ । व्हाइट पिगन इन्टरटेनमेन्टको अफिसियल च्यानल मार्फत गीत सार्वजनिक गरिएको छ ।

(भिडियो)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *