डान्सर सुशान्त खत्रीले मागे नायिका आँचल शर्मासँग माफी (भिडियो)
काठमाडौँ । नायिका आँचल शर्मा र डान्सर सुशान्त खत्रीको अभिनय र नृत्य रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘ठूली–ठूली’ बोलको सो म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको हो।
यस गीतको म्युजिक भिडियोमा आँचलसँग सुशान्तले माफी मागेको देख्न सकिन्छ। उनले आँचललाई जिस्काउँदै रिसाएमा माफी भन्दै माफी मागेको सो भिडियो निकै नै गज्जबको छ।
गीत भने गायक किरण गजमेरले गाएका हुन्। केदार उप्रेतीको शव्द तथा चर्चित संगीतकार राजनराज शिवाकोटीको संगीत रहेको सो गीत आमोस तामाङले एरेन्ज गरेका हुन्।
यस्तै भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन्। यस्तै विकास धमलाले भिडियो सम्पादन गरेका छन्।
(हेर्नुहोस् भिडियो)
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment