‘कुनै बेला पैसा नभएर दशैँमा घर जान नपाउँदा बुवा रुनुहुन्थ्यो’ : दीपाश्री निरौंला (भिडियो)

डिसी नेपाल
२३ असोज २०७५ ८:०४

काठमाडौँ। विगत २६ वर्षदेखि कलाकारितामा अनवरत रुपमा क्रियाशील छिन् दीपाश्री निरौला। टेलिभिजन सिरियल तितो सत्यबाट एकाएक चर्चामा आएकी कलाकार दीपाश्री निरौला फिल्म निर्देशको रुपमा आइपुग्दा वाहवाही पाएकी छिन्।

उनले आफ्नो सफलताको श्रेय आफ्ना दर्शकलाई दिन्छिन्। एक युट्युब च्यानलसँग कुरा गर्दै उनले आफू दर्शकको माया पाएर यो स्थानमा आइपुगेको बताएकी छिन्।

दर्शकले माया नगर्नु भएको भए म यो क्षेत्रमा यसरी अडिन सक्दैन थिए। जीवन यापन गर्ने क्रममा मैले धेरै काम गरे। जुन काम गर्दा पनि दर्शकले मलाई माया दिनुभयो। उनले भनेकी छिन्, ‘त्यो मायाको कारण म अहिले कलाकारिता क्षेत्रमा टिक्न सकिरहेकी छु। म मेरो जीवन यहीँ क्षेत्रमा आहुती दिन्छु। कलाकारिता र आफ्नो काम प्रति म पागल नै छु।’

अन्तर्वार्ताको क्रममा दशैंको प्रसङ्ग आउँदा उनले आफ्नो विगत सम्झिदै दशैँमा पैसा नभएर घर जान नपाउँदा बुवा रुनु भएको सम्झना गरेकी छिन्।

(हेर्नुस् भिडियो)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *