काउली बुढी–मोडल निराजन प्रधानको मायामा (भिडियो)

डिसी नेपाल
२३ असोज २०७५ ८:१३

काठमाडौँ । पप गीतमा छुट्टै पहिचान बनाएर दर्शकमाझ लोकप्रिय रहेको डि–मर्चा व्याण्डले ‘पानी घट्ट’ बोलको गीत लिएर श्रोता तथा दर्शकमाझ आएको छ।

देउडालाई पपमा ढालेर ‘झ्याम्म झ्याम्म’ गीतबाट चर्चित भएको डि–मर्चाले लोपोन्मुख टिपिकल शब्द ‘पानी घट्ट, घर्र घर्र’लगायतका स्थानिय शब्दहरुलाई उनेर गीत तयार पारेको हो।

नवराज बरालको शब्द, डिमर्चाको आफ्नै संगीतमा तयार पारिएको यो गीतमा सुदूरपश्चिम र पश्चिम नेपालको लोक भाकाको समीश्रण छ।

निर्देशक निकेश खड्काले निर्देशन गरेको यो गीतको म्यूजिक भिडियोमा काउली बुढीको रुपमा परिचित सन्ध्या बुढा र निराजन प्रधानलगायतले अभिनय गरेका छन्। डि–मर्चा ब्याण्डमा भोकलिष्ट श्रेष्ठसँगै बेस गितारमा बिरेन पुन, गितारमा सञ्जय नेपाल र ड्रमरमा प्रज्वल सुनार छन्।

(हेर्नुहोस् भिडियो)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *