पूजा शर्माको बिहेको कुरा गर्दा आमाको किन आपत्ती ? (भिडियो कुराकानी)

डिसी नेपाल
२५ असोज २०७५ ६:५९

काठमाडौँ। सुरुमा पत्रकार भएर आफ्नो करियर सुरु गरेकी अभिनेत्री पुजा शर्माले चलचित्र ‘थ्री लर्भस’बाट नेपाली सिनेमामा पाइला चालेकी हुन्। ‘थ्री लर्भसमा’ पुजा सहायक अभिनेत्री थिइन् भने अभिनेत्री प्रियङ्का कार्की मुख्य भूमिकामा थिइन्। त्यसपछि उनको दोश्रो फिल्म ‘मधुमास’मा पुजा मुख्य भूमिकामा नै देखिइन्।

उनको तेस्रो फिल्म थियो ‘अझै पनि’। जसमा उनी निर्देशक तथा अभिनेता सुदर्शन थापाको विपरित देखिएकी थिइन्। यसरी पूजाका सुरुका तीनवटा फिल्म उनको फिल्मि करियरकै तीन कोसेढुङ्गा भएका छन् । पहिलो त ‘थ्री लर्भस’ भयो भने दोस्रो फिल्म ‘मधुमास’ उनको मुख्य भूमिका भएको पहिलो फिल्म थियो । ‘अझै पनि’ फिल्मपछि पूजाले अभिनय गरेका सबै फिल्महरूलाई सुदर्शन थापाले नै निर्देशन गरेका छन् ।

प्रस्तुत छ नायिका पूजा शर्मासँग दशैं विशेष कुराकानी।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *