‘साँइली र माइली पोइला गएछन्’ देखिए साँइली र माइलीसंग सन्दीप क्षेत्री (भिडियो)

डिसी नेपाल
२६ असोज २०७५ ७:५८

काठमाडौँ । ‘साइँली र माइली पोइला गएछन्, गाउँघर नै सुन्ने पारे र..’ कुनै बेलाको यो अत्यन्त लोकप्रिय आज पनि उत्तिकै सान्दर्भिक छ। मुकुन्द किशोर भट्टराईको शब्द तथा संगीतको उक्त गीत त्यो बेला उदितनारायण झा तथा मधु क्षेत्रीले गाएका थिए।

अहिले यो गीतको नयाँ संस्करण गायक राज के गोस्वामीको स्वरमा म्युजिक भिडियोमार्फत दर्शकमाझ आएको छ। गायक गोस्वामीले गीतकार तथा सङ्गीतकार भट्टराईसँगै अनुमति लिएर यो पुरानो लोकप्रिय गीतलाई पुनः गाएका हुन्। गायक गोस्वामीको स्वरको उक्त गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको छ। किरण तुलाधरले यो गीतमा संगीत संयोजन गरेका छन्।

निर्देशक शान थापाले म्युजिक भिडियोलाई अत्यन्त रोचक बनाउने प्रयास गरेका छन्। लोकप्रिय अभिनेता सन्दिप क्षेत्रीलाई मुख्य पात्रको रुपमा प्रस्तुती गरिएको उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री एलिशा राई तथा मोडल करिष्मा ढकालले साइँली र माइलीको भूमिका निर्वाह गरेका छन्।

हास्यरस समेत मिश्रण गरिएको भिडियोमा आफ्नी साइँली र माइली श्रीमतीले छाडेर गएपछि सडकमा आएका श्रीमानको कथालाई रमाइलो शैलीमा चित्रण गरिएको छ। अभिनेता क्षेत्रीले पोइला गएका दुई श्रीमतीको श्रीमानको गम्भिर भूमिकालाई रोमाञ्चक ढङ्गले निर्वाह गरेका छन्।

भिडियोमा राजीव समरले कोरियोग्राफी गरेका छन्। अर्जुन तिवारी तथा बुद्ध थापाको समुहले छायाङ्कन गरेको म्युजिक भिडियोलाई सुप्रिय पराजुलीले सम्पादन गरेका हुन्। भिडियोमा सुरेश काफ्लेले ड्रोन सञ्चालन गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *