नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको ‘मंसीर महिना’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
२९ असोज २०७५ ३:४५

काठमााडौं । नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको नयाँ गीत ‘मंसिर महिनामा’ सार्वजनिक भएको छ। गीतमा निशान भट्टराईको स्वर रहेको छ भने एलिसा राईसँग निशानले रोमान्स गरेका छन्।

यस अघि ‘भुन्टी’ बोलको गीतमासँगै देखिएको निशान र एलिसाको जोडि ‘मंसिर महिना’ बोलको गीतमा पनि सँगै देखिएका छन्। तीन दिन अगाडि सार्वजनिक गरिएको गीतलाई दशर्कले रुचाएका छन्। छोटो समयमै गीतले चर्चा बटुलेको छ।

आर बि लामाको शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन्। राम कुमार केसीले खिचेको भिडियोलाई टेकेन्द्र शाही निर्देशन गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *