मुलुकको विकासका लागि आ-आफ्नो स्वार्थभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढौँ : देउबा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले दशैंको शुभकामना व्यक्त गरेका छन्। उनले एक वक्तत्व जारी गर्दै मुलुकको समग्र आर्थिक विकासका लागि आ—आफ्नो स्वार्थभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक रहेको समेत औल्याँएका छन्।
विकासका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरु मुलुकवासी र लोकतन्त्रका पक्षमा दलगत स्वार्थ र सीमा भन्दा माथि उठ्न समते देउवाले आग्रह गरेका छन्।
देउवाले जनताको लामो त्यागपछि आफ्नो पार्टीको नेतृत्वमा स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन सम्पन्न भई संविधानको कार्यान्वयन भैसकेको र संक्रमणकालिन राजनीतिबाट मुलुकले निकास पाएको दाबी समेत गरेका छन्।
यद्दपी उनले आर्थिक विकासका लागि चुनौति कायमै रहेको भन्दै त्यसलाई संवोधन गर्न सबैलाई आग्रह गरेका छन्।
वक्तव्यमा भनिएको छ’, नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक भेषभूषा सहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन्। हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधता बीचको एकता नेपालीको विशेषताको रुपमा परिचायक पनि हो । विजया दशमीले हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment