लिभरपुलका फरवार्ड साडियो माने घाइते

डिसी नेपाल
१ कार्तिक २०७५ १३:३८

एजेन्सी । सेनेगल तथा इन्ग्लिश क्लब लिभरपुलका फरवार्ड साडियो मानेको हातको शल्यक्रिया गरिएको छ । अफ्रीका कप अफ नेसन्सको छनोट दौरान हातको चोट बोकेका मानेको शल्यक्रिया गरिएको हो ।

लिभरपुलले २६ बर्षीय माने घाइते भएको शल्यक्रिया भएको पुष्टि गरेको छ ।

‘राष्ट्रिय टिम सेनेगलबाट खेल्दा साडियो मानेले हातको चोट बोकेको लिभरपुल फुटबल क्लबले पुष्टि गर्दछ । नर्थ वेष्ट अस्पताल र क्लबको मेडिकल टोलीले सफल शल्यक्रिया गरेका छन्,’ लिभरपुलले भनेको छ ।

अफ्रीका कप अफ नेसन्स अन्तर्गत सुडानसंगको खेलअघि अभ्यासका क्रममा मानेको हातको औलामा चोट लागेको थियो ।

जसको कारण मानेले सुडानसंगको खेल गुमाएका थिए । उक्त खेलमा सेनेगलले सुडानलाई १ – ० ले हराएर अफ्रीका कप अफ नेसन्समा छनोट भएको छ ।

यस्तै लिभरपुलले चाडै मैदान उत्रने गरी मानेको उपचार भईरहेको जनाएको छ । लिगमा अपराजित रहेको लिभरपुलले शनिबार हडर्सफिल्डविरुद्ध खेल्दैछ ।

लिभरपुलका अन्य तीन खेलाडी पनि घाइते छन् । फरवार्ड मोहमद सलाह, मिडफिल्डर नेबी केइटा र डिफेन्डर भिर्गील भान डिज्कले राष्ट्रिय टोलीबाट खेल्दा चोट बोकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *