नेयमारलाई बार्सिलोना छाडेकोमा पछुतो, बार्सा फर्कने चाहना

डिसी नेपाल
१ कार्तिक २०७५ १५:३८

एजेन्सी । स्पेनको एक पत्रिकाले बार्सिलोना छाडेपछि ब्राजिलियन फरवार्ड नेयमारलाई पश्चाताप भईरहेको दाबी गरेको छ।

स्पेनिस खेल पत्रिका मुन्डो डिपोर्टिभोले बिहिबार आफ्नो अनलाइन संस्करणबाट बार्सा छाडेपछि नेयमारलाई पछुतो भईरहेको दाबीसहित खबर छापेको हो।

२५ बर्षीय नेयमार गत सिजन बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका थिए । विश्वका सर्वाधिक महंगा खेलाडी बनेका नेयमारको लागि पिएसजीले कीर्तिमानी मूल्य १८९ मिलियन पाउण्ड तिरेको थियो। तर, नेयमार पिएसजीमा खुसी नरहेको र उनलाई पछुतो भईरहेको मुन्डो डिपोर्टिभोले जनाएको छ।

यस्तै पत्रिकाले नेयमार बार्सिलोना फर्कन चाहिरहेको समेत दाबी गरेको छ। डिपोर्टिभोले नेयमार बार्सिलोना फर्कने सम्भावना भने निकै कम रहेको भएपनि क्लबले अनुबन्ध गर्न सक्ने जनाएको छ।

त्यस्तै डिपोर्टिभोले सिजनको अन्त्यपछि सम्झौता अन्त्य गर्न नेयमार र पिएसजी सहमत भएको समेत दाबी गरेको छ। पिएसजी छाडे नेयमार इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब रियल मड्रिड जान सक्ने बताईएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *