मेस्सीको दाहिने हात भाँच्चियो, ३ साता नखेल्ने

डिसी नेपाल
४ कार्तिक २०७५ ७:४१

बार्सिलोना। अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका महत्वपूर्ण खेलाडी लियोनेल मेस्सी दाहिने हात भाँच्चिएका कारण तीन हप्ता फूटबल नखेल्ने भएका छन्।

बार्सिलोनाका कप्तान समेत रहेका मेस्सी क्याम्प नाउमा सेभिया बिरुद्धको खेलमा मैदानमा लडेका थिए। खेलको २६औं मिनेटमा उनी खेल छाड्न बाध्य भए । स्वास्थ्य परीक्षण गर्दा उनको दाहिने हातको हड्डी भाँच्चिएको पाइएको थियो।

तीन साता आराम गर्नुपर्ने भएका कारण उनी इन्टर मिलान, रियल म्याड्रिड, कल्चरल लियोनेसा, रायो भ्यालेकानो, इन्टर मिलान र बेटिस विरुद्धको खेलमा उपस्थित हुने छैनन्।

बार्सिलोनाका व्यवस्थापक अर्नेस्टो भ्याल्भर्डले मेस्सीको अनुपस्थितिले टीमलाई नोक्सान गर्ने भएपनि बार्सिलोना टीममा राम्रा खेलाडी अरु पनि रहेकाले खेल जित्नेमा आफू आशावादी रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *