नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ किन जाँदैछन् चीन ?

डिसी नेपाल
६ कार्तिक २०७५ १४:३०

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ चीनको गोन्जाओमा हुन लागेको ‘मेरिटाइम सिल्क रोड इन्टरनेशनल एक्पो’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

ग्वान्जाओस्थित बैयान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा यही कात्तिक ९ गते हुने ‘बेल्ट एण्ड रोड ग्रिन इण्डस्ट्रियल इन्ट्रिगेसन फोरम’ को उद्घाटन सत्रलाई उनले सम्बोधन गर्नेछन् ।

सम्मेलनका क्रममा बेल्ट एण्ड रोड सहकार्यका संयन्त्र र पर्यावरणीय कृषि, विज्ञान तथा प्रविधि, वातावरण, नवऊर्जा तथा अन्य हरित उद्योग परियोजनाका बारेमा समेत छलफल हुनेछ ।

यही कात्तिक ८ देखि ११ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न देशका सरकारका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा विभिन्न देशका १५० भन्दा बढी प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *