१५ करोडकी मालिक हुन् ड्रामा क्वीन राखी सावंत !
एजेन्सी। बलिउडकी ड्रामा क्वीन भनेर चिनिने अभिनेत्री राखी सावंत जो कोहीका विषयमा टिप्पणीग गर्न पछि हट्दिनन् । मिडियाको ध्यान आफूतर्फ आकर्षित राखी जस्तो चलाख सायदै होलान्। प्रत्येक विषयमा ध्यान दिने राखी यतिबेला भने बलिउड भन्दा टाढा छिन्। उनीसँग यतिबेला कुनै फिल्म वा कुनै शो नभएपनि उनी १५ करोड रुपैयाँ बराबरको सम्पत्तिकी मालिक हुन्। राखीका बुवा आनन्द सावंत मुम्बई प्रहरीमा हबल्दार थिए। उनी मुम्बईमा आफ्नी आमा जयासँग बस्छिन्।
बलिउड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरमाथि यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन्। यो विषयमा राखी तनुश्रीमाथि धेरै खनिइन्। आफूमाथि आपेक्ष लगाएपछि तनुश्रीले राखीमाथि १० रुपैयाँको मानहानिको मुद्दा दायर गरेकी थिइन्। त्यसको जवाफमा राखीले पनि तनुश्रीमाथि ५० करोडको मुद्दा हाल्ने धम्की दिएकी छन्।
इन्टरनेटमा प्राप्त तथ्यांकलाई आधार मान्ने हो भने राखीसँग करिव १५ करोडको सम्पत्ति छ। राखीसँग मुम्बईमा दुईवटा फ्याट र एक बंगला छ, जसको मूल्य करिव ११ करोड रुपैयाँ पर्छ। राखीसँग २१.६ लाख रुपैयाँको फोर्ड एंडेभर कार पनि छ। राखीको कमाइ धेरै जसो स्टेज प्रस्तुतीबाट आउँछ।
राखीले १९९७ मा रिलीज भएको फिल्म ‘अग्निचक्र’ बाट आफ्नो करियर सुरु गरेकी थिइन्। राखीले फिल्ममा कयौं आइटम नम्बरर्स गरेकी छन्।
राखी बिस बोस बाहेक ‘नच बलिए–३’, ये है जलवा, अरे दिवानों मुझे पहिचानों, राखीका स्वयंवर जस्ता रियालिटी शो मा काम गरिसकेकी छन्।
रियालिटी शो ‘राखीका स्वयंवर’ मा राखीले टोरंटो एक प्रतियोगीसँग विवाह गरेकी थिइन् तर केही महिनापछि उनले अलग भएको घोषणा गरेकी थिइन्। राखीले २०१४ मा राष्ट्रिय आम पार्टी बनाएकी थिइन र चुनाव लगेकी थिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment