के थियो श्रीदेवीको सुन्दरताको राज ? छोरी जान्ह्वीले गरिन् खुलासा
एजेन्सी। श्रीदेवी यो दुनियामा नरहेपनि उनको सम्झना भने हामीमाझ ताजै छ। उनी बलिउड फिल्म उद्योगकी निकै सुन्दर हिरोइन थिइन्। श्रीदेवीकी छोरी जान्ह्वी कपुर पनि फिल्म धडकबाट बलिउडमा डेब्यू गरिसकेकी छन्। जान्ह्वको अनुहार पनि श्रीदेवीसँग मिल्दोजुल्दो रहेको छ।
उनले मिडियासँग ती टिप्सका विषयमा कुरा गरेकी छन् जुन कुरा उनलाई आमा श्रीदेवीले बताएकी थिइन्। ती टिप्स अनुहार र कपालका विषयका हुन्।
जान्ह्वकीका अनुसार उनी आफ्नो कपालमा अण्डा, वियर र मेथी लगाउँछिन्। उनी तीन दिनको अन्तरालमा कपालको मजास गराउँछिन्। छोरीकालागि श्रीदेवीले घरमै सुखा फूल र अमलाको तेल बनाउँथिन्। र, त्यही तेलले कपालको मसाज गर्थिन्। ब्रेकफास्टबाट बचेका फलफुल उनीहरु अनुहार चम्किलो बनाउन प्रयोग गर्थे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment