इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएका सेलिब्रेटी बने रोनाल्डो !

डिसी नेपाल
१६ कार्तिक २०७५ १५:४०

काठमाण्डौ । स्टार खेलाडी रोनाल्डो इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएका सेलिब्रेटी बनेका छन् । यस अघि रोनाल्डोभन्दा अघि रहेकी अमेरिकी गायिका सेलेना गोमजलाई पछि पर्दै स्टार खेलाडी क्रिस्टियानो रानोल्डोले इन्स्टाग्राममा उछिनेका हुन् । इन्स्टाग्राममा धेरै फलोअर्स हुने सेलिब्रिटीहरुमा दोस्रो स्थानमा रहेकी सेलेना गोमेज रोनाल्डोभन्दा केही सयले मात्रै पछाडि रहेकी छिन् । २०१६ देखि इन्स्टाग्राम एकाउन्टमा गायिका सेलेना गोमेजको सबैभन्दा बढी फलोअर्स थिए ।

पछिल्लोपटक यो समाचार बनाउँदासम्म इन्स्टाग्राममा रोनाल्डोलाई पछ्याउनेको संख्या १४ करोड ४३ लाख ९ हजारभन्दा बढी रहेको छ । रियल मड्रिड छाडेर इटालीयन क्लब युभेन्टसमा आएपछि रोनाल्डोको चर्चा ह्वात्तै बढेको हो । त्यसैगरी तेस्रो स्थानमा रहेकी गायिका आरियाना ग्रान्डेलाई १३ करोड २० लाखले इन्स्टाग्राममा पछ्याएका छन् । त्यस्तै चौथो स्थानमा रहेकी किम कार्दाशिएनलाई १० करोड २० लाखले पछ्याएका छन् । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीलाई १० करोडले इन्स्टाग्राममा पछ्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *