पार्टीभित्र कार्यकर्ता मौरी जस्तै हुनुपर्छ : मन्त्री लालबाबु पण्डित
विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पार्टीभित्रको एकता मौरी जस्तो हुनुपर्ने बताएका छन्। प्रेस चौतारी मोरङ र प्रेस सङ्गठन मोरङले आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले गङ्गटा प्रवृत्तिको अन्त्य गरी मौरी एकता भएमा मात्र पार्टीले गति लिने बताए।
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले चाडपर्वले नेपालीलाई एकतामा बाँध्ने गरेको बताए । सामाजिक विकासमन्त्री जीवन घिमिरेले समाज बदल्नमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउँदै कलम अझै परिस्कृत हुनुपर्ने बताए।
उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, नेकपा केन्द्रीय सदस्यद्वय विनोद ढकाल, महेश रेग्मी, प्रेस चौतारी नेपालका उपाध्यक्ष लीलाराज भट्टराई, पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, मोरङ अध्यक्ष बन्धु पोखरेललगायतले शुभकामना व्यक्त गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment