विवाहका लागि बलिउड अभिनेत्री दीपिकाले किनिन् यति महंगो मंगलसूत्र
बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले आफ्नो विवाहका लागि मंगलसुत्र किनेका छन् । बलिउडमा अभिनेता तथा अभिनेत्रीहरुको विवाहको चर्चा चलिरहेका बेला हुन लागेको आफ्नो विवाहका लागि उनीहरुले मंगलसुत्र किनेका हुन्।
यही नोभेम्बर १४ र १५ मा इटालीमा विवाह गर्ने तयारी गरेको दीपिका र रणवीर दुवैले सामाजिक सञ्जालमा आफ्नो विवाहको कार्ड शेयर गरेका थिए।
उनीहरुको विवाहको विषयलाई लिएर विभिन्न खबरहरु आइरहेका बेला अहिले दीपिकाले आफ्नो विवाहका लागि मंगलसुत्र किनेकी छन्। भारतीय सञ्चारमाध्यमहरुकाअनुसार उक्त मंगलसुत्रको मूल्य २० लाख भारतीय रुपैयाँ रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment