प्रियंका र निकको बिहेको मिति फेरियो, एक महिनाअघि नै हुने भयो बिहे
एजेन्सी। प्रियंका चोपडा र निक जोनसको बिहेको मिति सारिएको छ । यसअघि २०१९ को जनवरीमा हुने भनिएको उनीहरुको बिहे एक महिनाभन्दा धेरै अगाडि सरेको छ । अब उनीहरुको बिहे यही वर्षको डिसेम्बर २ तारिखमा हुनेछ । प्रियंका र निकले अब २ डिसेम्बर २०१८ मा बिहे गर्दैछन् जुन मिति आउन अब एक महिना पनि बाँकी छैन ।
यी दुवैको बिहे यसअघि जनवरीमा हुने चर्चा थियो । तर, यी दुवै आफ्नो प्रेमलाई नयाँ रुप दि बेचैन छन् । एक अर्कासँग प्रेममा परेको केही महिनामै यी दुईले इंगेजमेन्ट गरेका थिए । यसका साथै बिहेका खबर पनि फैलन सुरु भयो । पछि छिट्टै बिहेको मिति पनि निर्धारण भयो।
यी दुईको बिहेको तयारी तीव्र रुपमा भइरहेको छ। यो बिहे एउटा विशाल उत्सव हुने अपेक्षा गरिएको छ । यी दुईको बिहेको तस्वीरको समेत बुकिङ भइसकेको छ। उनहिरुको बिहेको फोटो एक म्यागजिनले २.५ मिलियन डलरमा किनेको छ।
यो जोडीले २ डिसेम्बरमा राजस्थानको जोधपुरमा बिहे गर्ने बताइएको छ । बिहे जोधपुरको मेहरानगढ किल्लामा हुन सक्ने पछिल्लो समाचारमा जनाइएको छ। यो त्यही किल्ला हो जहाँ फिल्म ठग्स अफ हिन्दोस्तानको सुटिङ भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment