ऐश्वर्या राय भन्दा गरीब छन् अभिषेक बच्चन
एजेन्सी। बलिउडमा बच्चन परिवारको चर्चा यस्तो परिवारमा हुन्छ जहाँ सबै स्टार्स छन्। बिग बी र जया बच्चन बाहेक उनकी बुहारी ऐश्वर्या राय पनि चर्चित सुपरस्टार हुन्। अभिषेक बच्चन पनि हिट फिल्ममा काम गरिसकेका छन्। तर उनको पारश्रमिक ऐश्वर्याको भन्दा कम छ। अभिषेकले आफ्नी श्रीमतीसँग करिव ९ वटा फिल्ममा सँगै काम गरेका छन्। तीमध्ये आठ फिल्ममा ऐश्वर्याले अभिषेकभन्दा धेरै पारिश्रमिक लिएकी छन्।
केही समय अगाडि दिएको एक अन्तर्वातामा अभिषेकले उक्त कुरा बताएका हुन्। उनका अनुसार फिल्म ‘पीकू’ मा पनि अभिषेक भन्दा दीपिका पादुकोणले बढी पारिश्रमिक लिएकी थिइन्। जबकि फिल्ममा अमिताभ बच्चन र इरफान पठानजस्ता कलाकार पनि थिए।
ऐश्वर्या र अभिषेकले ‘कछ न कहो’, ‘ढाई अक्षर प्रेम के’, ‘गुरु’, ‘धूम–२’ ‘ बंटी और बबली’, ‘सरकार राज’ मा सँगै काम गरेका छन्। यी दुवै जनाले सँगै अभियन गरेको फिल्म ‘ गुलाब जामुन’ चाँडै रिलीज हुँदैछ।
सम्पत्तिको हिसावले पनि ऐश्वर्या अभिषेक भन्दा अगाडि छिन्। ऐश्वर्यासँग २५९ करोड रुपैयाँ बराबरको सम्पत्ति छ। अभिषेकसँग २२२ करोड रुपैयाँ बराबरको मात्र सम्पत्ति छ। अभिषेकसँग फिल्म कम भएपनि कबड्डी टीम र फुटबल टीमका मलिक हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment