आफ्नो बिहेमा छमछमी नाचे रणवीर-दीपिका (भिडियोसहित)

डिसी नेपाल
२८ कार्तिक २०७५ १५:००

एजेन्सी । बलिउडको सबैभन्दा लोकप्रिय जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिहेको पहिलो भिडियो सार्वजनिक भएको छ। सोमबार शुरु भएको यो जोडीको बिहे कार्यक्रम बुधबार पनि जारी छ । बुधबार र बिहीबार शाही बिहे हुँदैछ। सोमबार उनहरुबीच टीकाटालो भयो । मंगलबार संगीत समारोह भयो।

यो जोडी बिहेका लागि इटाली पुगेको छ। इटालीमा केही सिमित आफन्त तथा साथीहरुबीच यो बिहे भइरहेको छ। समाचारअनुसार यो जोडी सोमबारदेखि आधिकारिक रुपमा एकअर्काको भएको छ। परम्परागत प्रचलन कोकणी रितिरिवाजअुसार यो जोडीबीच सोमबार टीकाटालो भएको बताइएको छ। टीकाटालो समारोहलाई भारतीय भाषामा कोकणी फुल मुड्डी भनिन्छ।

दीपिकाका बाबु प्रकाश पादुकोणले ज्वाई रणवीरलाई नारिवल दिएर आधिकारिक रुपमा स्वागत गरे।

यसपछि जोडीले एकअर्कालाई औंठि लगाइदियो। समारोहमा उपस्थित सबैका लागि यो मुभमेन्ट इमोशनल थियो। रणवीरकी स्टाइलिस्ट निताशा गौरवले ट्वीट गर्दै यो क्षण निकै भाभुक रहेको बताएकी छन्। उनले सो क्षणमा आफ्नो आँखाबाट खुसीको आँसु आएकोसमेत बताएकी छन्।

बिहेको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *