अभिनेता विपीन कार्कीको दुर्घटना
काठमाडौं । मंगलबार अभिनेता विपीन कार्कीको दुर्घटना भएको छ । उनको चलचित्र ‘जात्रै जात्रा’को सुटिङमा जाने क्रममा द्र्घटना भएको हो । बाइकमा सवार कार्कीलाई कालीमाटिमा एक अर्को बाइकले ठक्कर दिएको हो । उनको दाहिने खुट्टा भाचिएको छ।
यतिबेला उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको निर्देशक प्रदिप भट्टराइले जानकारी दिए। कार्कीलाई ठक्कर दिने माेटरसाइकल चालक भने फरार रहेका छन्। विपिन दुर्घटनामा परेपछि फागुन १७ गतेबाट प्रदर्शनमा आउने भनिएको ‘जात्रै जात्रा’को छायांकन रोकिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment