सुपस्टार सलमान खानलाई ज्यान मार्ने धम्की

डिसी नेपाल
४ मंसिर २०७५ १६:०२

एजेन्सी। बलिउडका कलाकारका लाखौं प्रशंसक हुन्छन् । आफ्नो मन पर्ने कलाकारलाई एक पटक हेर्न उनीहरु जे पनि गर्न तयार हुन्छन्। यद्यपी कलाकारकालागि भने सबै फ्यानसँग भेट गर्ने कुरा संभव हुँदैन। यस्तोका फ्यानहरु कलाकारसँग रिसाउँछन् पनि।

केही दिन अगाडि बलिउड अभिनेता सलमान खानसँग पनि यस्तै भयो। केही दिन अगाडि सलमान खानका एक जना फ्यान शेराले उनलाई मार्ने धम्की दिए। जसलाई अहिले मुम्बई प्रहरीले पक्राउ गरेको छ। भारतीय संचारमाध्यमका अनुसार ती व्यक्ति उत्तर प्रदेशका हुन्। यी व्यक्तिलाई प्रहरीले प्रयागराजबाट पक्राउ गरेको हो।

सलमान खानका सहयोगीका अनुसार ती व्यक्तिले आफूलाई फिल्ममा रोल नभएको भन्दै फोन गरेर मार्ने धम्की दिएका थिए। त्यसपछि यो विषयलाई गम्भीरतापूर्वक दिँदै प्रहरीमा उजुरी दिइएको थियो। त्यसपछि मुम्बई प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *