मेनुका पौडेललाई ‘भारतीय रियालिटी शो’ मा जिताउन ६१ हजार सहयोग

डिसी नेपाल
६ मंसिर २०७५ ७:४६

बनियानी । भारतीय रियालिटी शो ‘सारेगम’मा विजय गराउन झापा हल्दिबारी–४ की दृष्टिविहीन गायिका मेनुका पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ।

आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस् भन्ने उद्देश्यले पौडेललाई हल्दिबारी–४ का वडासदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट ६१ हजार सङ्कलन गरी प्रदान गरिएको हो।

पौडेल गत वर्ष एपी वान टेलिभिजनको नेपाल आइडलको टप ११ मा पर्न सफल भएकी थिइन्।

हाल गायिका पौडेल सारेगममा लाखौँ प्रतियोगीलाई पछि पार्दै टप १३ मा परेकी छिन्। प्रतियोगितामा क्षमतासँगै भोटिङ आवश्यक पर्ने भएकाले उनलाई जिताउन आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको वडासदस्य मेचेले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *