बेहुली बन्नु भन्दा पहिले घरलाई बेहुली झै सजाइन् प्रियंकाले

डिसी नेपाल
१० मंसिर २०७५ १५:३३

एजेन्सी। प्रियंका चोपडा २–३ डिसेम्बरमा अमेरिकी गायक निक जोनाससँग विवाह बन्धनमा बाँधिने भएकी छन्। प्रियंका बेहुली बन्न केही समय बाँकी नै छ। तर, उनले आफ्नो घरलाई भने बेहुली जस्तै गरी सजायकी छन्। उनले मुम्बईस्थित आफ्नो बंगलासँग सडकमा रहेका रुखलाई पनि बत्तिले सजाएकी छन्।

प्रियंका–निकको मेहन्दी र संगीत सेरोमनीको आयोजना २९ नोभेम्बरमा हुँदैछ। निकले संगीत सेरेमोनीमा हलिउड र बलिउडका गीतमा डान्स गर्ने भारतीय संचारमाध्यमले जनाएका छन्। कोरियोग्राफर गणेश हेगडे, निक–प्रियंकाको संगीत सेरेमनीको कोरियोग्राफ गर्दैछन्।

भावी श्रीमतीकालागि निकले हिन्दी गीत पनि गाउने भएका छन्। उनले करिव ४५ मिनेटसम्म आफ्नो प्रस्तुती दिने भएका छन्। निक-प्रियंका दुई वटा परम्परा अनुसार विवाह गर्दैछन्। २ डिसेम्बरमा हिन्दु र ३ डिसेम्बरमा क्रिश्चियन परम्परा अनुसार उनीहरुको विवाह हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *