मिस वर्ल्डमा श्रृङखला खतिवडा जस्तै मिस सुपरानेशनल प्रतियोगितामा भाग लिँदै महिमा सिंह

डिसी नेपाल
१२ मंसिर २०७५ १३:४९

चीनमा भइरहेको मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल श्रृङखला खतिवडाले जित्ने प्रबल सम्भावना भएको कारण यस मिडियाले उनको बोरमा निरन्तर नयाँ नयाँ रिपोर्टहरू बनाइरहेको छ तर एक अर्को अन्तराष्ट्रिय प्रतियोगितामा पनि अर्को नेपाली सुन्दरी महिमा सिंह भाग लिइरहेकी छिन् ।

महिमाको प्रतियोगिता मिस वर्ल्ड प्रतियोगिताभन्दा अघिल्लो दिनमा नै सम्पन्न हुने हुँदा यस भिडियोमा प्रस्तुती छ महिमाको बारेमा एक छोटो जानकारी ।

पोल्याण्डमा आयोजना भइरहेको अन्तराष्ट्रिय प्रतियोगिता मिस नेपाली प्रतिनिधि पठाएको छ । यो वर्ष मिस नेपाल प्रतियोगिता आयोजना भएको महिनौँ पछि बल्ल त्यहाँ नेपाली प्रतियोगी पठाउने सहमति भएको थियो । त्यसैले एक महिनाअघि मात्रै एउटा छुटै कार्यक्रम गरेर महिमा सिंहलाई मिस नेपाल सुपरानेशनलको उपाधि प्रदान गरिएको थियो ।

महिमा मिस नेपाल प्रतियोगिताकै एक प्रतियोगी थिइन् । मिस सुपरानेशनल प्रतियोगिता आफैमा एक नयाँ प्रतियोगिता हो जसले आफ्नो दशौँ संस्करण यही डिसेम्बर ७ तारिखमा आयोजना गरिरहेको छ । यो मिस वर्ल्ड प्रतियोगिता आयोजना हुनुभन्दा एक दिन अघि हुन लागेको हो ।

थप जानकारीको लागि आनन्द नेपालले तयार पारेको यस भिडियो रिपोर्ट हेर्नुस् …




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *