लगातार खराब प्रदर्शन गरिरहेको रियल म्याड्रिड लयमा फर्किँदै
एजेन्सी । ला लिगामा खराब प्रदर्शन गरिरहेको रियल म्याड्रिडले शनिबारको खेलमा सहज जित निकालेको छ। लिगको यसअघिको खेलमा एइबरसँग ३–० को लज्जास्पद हार व्यहोरेको रियल मड्रिडले शनिबार भ्यालेन्सियालाई २–० ले पराजित गर्न सफल भयो।
घरेलु मैदानमा भएको खेलमा ८ औं मिनेटमा आत्मघाती गोल उपहार पाएपछि रियल म्याड्रिडले खेलमा अग्रता बनाएको थियो। भ्यालेन्सियाका डिफेन्डर डेनियल वासले आत्मघाती गोल गरेका थिए।
८३ औं मिनेटमा लुकास भ्याजक्वेजले रियल मड्रिडका लागि गोल गरी खेललाई २–० मा पुर्याएका थिए। जितपछि १४ खेल खेल्दा २३ अंक बनाएको रियल म्याड्रिड तालिकाको छैटौंबाट पाँचौं स्थानमा उक्लिएको छ।
२६ अंक रहेको सेभिल्ला शीर्ष स्थानमा छ। बार्सिलोना २५ अंकसहित दोस्रो, २४ अंकरहेको एथ्लेटिको मड्रिड तेस्रो र २३ अंक रहेको अलाभेज गोलअन्तरमा रियल मड्रिडभन्दा अघि भई चौथो स्थानमा रहको छ।
शनिबार भएका ला लिगाका अन्य खेलमा सेल्टाभिगोले हुयस्कामाथि २–०, गेटाफेले स्पानियोलमाथि ३–० को जित निकाल्दा लेगानेजले रियल भाल्लाडोडिलाई ४–२ ले पराजित गर्यो।
गत सिजन अन्य टोलीभन्दा फराकिलो अन्तरले अघि बढ्दै बार्सिलोनाले उपाधि जितेको थियो। ला लिगाको यस सिजनमा भने ५ भन्दा बढी टोलीबीच तीब्र प्रतिस्पर्धा देखिन्छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment