ला लिगा फुटबल: शीर्ष स्थान उक्लने बार्सिलोनाको लक्ष्य

डिसी नेपाल
१६ मंसिर २०७५ ७:२८

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (आईतबार) विभिन्न ४ खेलहरु संचालन हुँदैछ । आज बार्सिलोना, एट्लेटिको मड्रिड, जिरोना लगायतका टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

ला लिगामा साबिकको विजेता बार्सिलोनाले भिया रियलसंग प्रतिस्पर्धा गर्दैछ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेल नेपाली समय अनुसार राति ११ः१५ मा सुरु हुनेछ ।

भिया रियलविरुद्ध मैदानमा उत्रँदा बार्सिलोना शीर्ष स्थानमा पुग्ने लक्ष्यमा हुनेछ । भिया रियल भने बार्सिलोनालाई हराएर अंक तालिकामा सुधार गर्न चाहन्छ ।

बार्सिलोनालाई स्टार स्ट्राइकर तथा कप्तान लियोनल मेस्सी, लुइस स्वारेज जस्ता खेलाडीको साथ रहने छ ।

लिगमा बार्सिलोनाले १३ खेलबाट २५ अंक जोडेको छ । समान १३ खेलबाट २६ अंक जोडेको सेभिया शीर्ष स्थानमा छ ।

ला लिगा अन्तर्गत नै आज सेभियाले अलाभेससंग खेल्दैछ । अलाभेसको घरेलु मैदानमा हुने खेल राति १ः३० मा सुरु हुनेछ । सेभिया आजको खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा यथावत रहने योजनामा हुनेछ ।

यस्तै एट्लेटिको मड्रिडले जिरोनासंग खेल्दैछ । जिरोनाको मैदानमा हुने खेल राति ९ः०० मा सुरु हुनेछ । अर्को खेलमा रियल बेटिसले रियल सोसिडाडसंग खेल्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *