यो भिडियो, जसले श्रृंखलालाई ‘मिस वर्ल्ड’को ‘टप ३०’ मा पुर्‍यायो (भिडियो सहित)

डिसी नेपाल
१८ मंसिर २०७५ १६:५४

काठमाडौं । चीनको सान्या सहरमा जारी मिस वल्र्ड प्रतियोगितामा नेपालकी प्रतिस्पर्धी श्रृखला खतिवडा हेड टु हेड च्यालेन्जको राउण्डबाट टप ३० मा पुग्न सकेकी थिइनन्।

सोमबार भएको भएको प्रतिस्पर्धामा श्रृंखलाले मिस मल्टिमिडिया र ब्युटी विद द पर्पोज अवार्ड जित्दै अन्तत टप ३० मा आफ्नो स्थान बनाउँन सफल भइ्न् ।

अवार्ड जितेपछि उनले एक भिडियो सन्देश मार्फत सबैलार्इ धन्यवाद दिइन् । श्रृंखलालाई यो अवार्ड जिताउँन मिस वल्र्डमा उनको परिचयात्मक भिडिओ ले पनि काम गरेको थियो।

उल्लेख्यमात्रामा समर्थन हासिल गर्न उक्त भिडियोले भूमिका निर्वाह गरेको श्रृंखला बताउँछिन् । उक्त भिडियो काभ्रे बनेपाका अबिनले बनाएका हुन्।

परिचयात्मक भिडियोबाटनै धेरैको मन जितेकि श्रृंखलालाई ‘ब्यूटी विथ द प्रपोज’ जिताउने भिडियो भने आज अर्थात् डिसेम्बर ४ मा पेजेन्ट बजले सार्वजनिक गरेको छ।

यो भिडियोलेनै उनलाई सफलता दिएको बताइएको छ । ८ मिनेट २१ सेकेण्डको यो भिडियोमा श्रृंखलाले आफैँले आवाज दिएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *